पदाधिकारी

यज्ञ बहादुर खत्री graphic

यज्ञ बहादुर खत्री

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

बिष्णुहरि बराल graphic

बिष्णुहरि बराल

योजना अनुगमन तथा प्रशासकीय अधिकृत

पढ्नुहोस..

संक्षिप्त परिचय

ओखलढुंगा जिल्ला नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अन्चलमा पर्दछ । भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा रहन गएको भन्ने भनाई पनि छ । त्यसैगरी मल्लकालीन समयमा काठमाण्डौका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले पूर्व विजय गर्दै यस ठाउँमा आई यहाँ राज्य चलाइरहेका किरातहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ओखल जस्तो ढुंगामा कुटी खाएकाले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ । उक्त ढुंगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत सिध्दिचरण नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित सिध्दिचरण पार्कसँगै जोसुकैले सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ । तत्कालिन श्री ५ पृथ्वीनारायण शाहको एकीकरण अभियान पश्चात काजी भीमसेन थापाको प्रशासनिक बिभाजन अन्तर्गत ३२ जिल्ला मध्य पूर्व ३ नम्बरको रुपमा ओखलढुंगा¸खोटाङ र सोलुखुम्बु एउटै क्षेत्र थियो । त्यतिखेर पूर्व ३ नम्बरको सदरमुकामको रुपमा हालको ओखलढुंगा सदरमुकाम नै थियो । पछि विक्रम सम्वत् २०१८ सालमा राजा महेन्द्रले १४ अन्चल ७५ जिल्लाको विभाजन गर्ने क्रममा ओखलढुंगा जिल्ला सगरमाथा अन्चलमा रहन गएको हो । यस जिल्लाको पूर्वमा खोटाङ पश्चिममा रामेछाप उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्ला पर्दछन् । राजनीतिक रुपमा २ वटा निर्वाचन क्षेत्रमाविभाजित यस जिल्लामा एउटा नगरपालिका र ५० वटा गाविससहित १० वटा इलाका रहेका छन् । यस जिल्लाको सदरमुकाम ओखलढुंगा बजार हालको सिध्दिचरण नगरपालिकामा पर्दछ । धेरैजसो भू-भाग सदरमुकामदेखि पश्चिमतर्फ रहेको यस जिल्लाका नागरिकले सहज रुपमा प्रशासनिक एवं अन्य सरकारी सेवा पाउन् भन्ने हेतुले जिल्लाको उत्तर-पश्चिम भेगमा पर्ने खिजीफलाटे गाविसमा इलाका प्रशासन कार्यलय तथा अन्य सरकारी कार्यालयहरु स्थापना गरिने भएको छ। कुल १०७४०० हेक्टर क्षेत्रफल ओगटेको यस जिल्लाका मुख्य बजारहरु ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभन्ज्याङ, कोशहाट, घोराखोरी आदि हुन् । समुन्द्री सतह देखि करिव ३ सय ९० मि.(जोतिर्घाट) देखि ३ हजार ६ सय २७ मि.(लाम्जेडांडा) सम्मको उचाईमा अवस्थित यस जिल्ला विश्वमानचित्रमा अक्षांश २७º८' उत्तरदेखि २७º३२' उत्तर र देशान्तर ८६º११' पूर्ब उत्तरदेखि ८६º४१' पूर्ब सम्म फैलिएको छ । डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार,बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ ः१.बेसी क्षेत्र , २.मध्य पहाडी क्षेत्र र ३.लेकाली क्षेत्र ।
थप पढ्नुहोस्
Skip to toolbar